अशोक लेल्यान्डका गाडी किन्दा नबिल बैंकले ७० प्रतिशतसम्म कर्जा प्रदान गर्ने
काठमाडौं । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
ग्राहकले सो अफर अन्तर्गतको सुविधा अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सक्नेछन् ।
अशोक लेल्यान्ड ब्राण्डका सवारी साधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म सम्म कर्जा उपलब्ध गराउने छ । नेपाल राष्ट्र बैंकको नीति निर्देशन अन्तर्गत रहेर कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया