अशोक लेल्यान्डका गाडी किन्दा नबिल बैंकले ७० प्रतिशतसम्म कर्जा प्रदान गर्ने

काठमाडौं । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
ग्राहकले सो अफर अन्तर्गतको सुविधा अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सक्नेछन् ।
अशोक लेल्यान्ड ब्राण्डका सवारी साधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म सम्म कर्जा उपलब्ध गराउने छ । नेपाल राष्ट्र बैंकको नीति निर्देशन अन्तर्गत रहेर कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया