लोसपाले बोलायो कार्यकारिणी समितिको बैठक
काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा वैशाख १० मा हुने उपनिर्वाचन, सरकारमा सहभागी, सङ्गठन विस्तारलगायतका विषयमा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिए ।
लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने वा सत्तागठबन्धनका साझा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । साथै बैठकमा पार्टी सरकारमा सहभागी हुने विषयमा पनि छलफल हुनेछ ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया