मोदीको मानहानी गरेपछि राहुल गान्धीलाई दुई वर्ष जेल सजायको फैसला
एजेन्सी । भारतीय कांग्रेस आईका नेता तथा लोकसभा सदस्य राहुल गान्धीलाई त्यहाँको सुरत जिल्ला अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ ।
उनविरूद्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरलाई लिएर गरेको टिप्प्णीबारे मानहानीको मुद्दा दायर भएको थियो । ‘सबै चोरहरूको थर मोदी किन हुन्छ ?,’ उनले भनेका थिए । गान्धीको यही अभिव्यक्तिलाई लिएर बिहीबार अदालतले उनलाई दोषी ठहर गरेको हो ।
उनलाई दुई वर्षको कैद सजायसहित १५ हजार रूपैयाँ जरिवाना पनि तोकिएको छ ।
सुनुवाइको क्रममा अदालतमा आफैं उपस्थित भएका गान्धीले बयान दिने क्रममा आफ्नो नियत गलत नभएको र त्यतिबेला आफूले भ्रष्टाचारविरूद्ध आवाज उठाएको बताएका थिए ।
उनीविरुद्ध विगत ४ वर्षदेखि मानहानीको मुद्दा चलिरहेको थियो ।
२०१९ को लोकसभा चुनाव अघि कर्नाटकको कोलारमा एक र्यालीमा राहुलले आफ्नो भाषणमा चोरको उपनाम मोदी हो भनेका थिए । ‘किन सबै चोरको उपनाम मोदी हुन्छ, चाहे त्यो ललित मोदी होस् वा नीरव मोदी होस् वा नरेन्द्र मोदी होस्,’ उनले भनेका थिए ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया