मोदीको मानहानी गरेपछि राहुल गान्धीलाई दुई वर्ष जेल सजायको फैसला
एजेन्सी । भारतीय कांग्रेस आईका नेता तथा लोकसभा सदस्य राहुल गान्धीलाई त्यहाँको सुरत जिल्ला अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ ।
उनविरूद्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरलाई लिएर गरेको टिप्प्णीबारे मानहानीको मुद्दा दायर भएको थियो । ‘सबै चोरहरूको थर मोदी किन हुन्छ ?,’ उनले भनेका थिए । गान्धीको यही अभिव्यक्तिलाई लिएर बिहीबार अदालतले उनलाई दोषी ठहर गरेको हो ।
उनलाई दुई वर्षको कैद सजायसहित १५ हजार रूपैयाँ जरिवाना पनि तोकिएको छ ।
सुनुवाइको क्रममा अदालतमा आफैं उपस्थित भएका गान्धीले बयान दिने क्रममा आफ्नो नियत गलत नभएको र त्यतिबेला आफूले भ्रष्टाचारविरूद्ध आवाज उठाएको बताएका थिए ।
उनीविरुद्ध विगत ४ वर्षदेखि मानहानीको मुद्दा चलिरहेको थियो ।
२०१९ को लोकसभा चुनाव अघि कर्नाटकको कोलारमा एक र्यालीमा राहुलले आफ्नो भाषणमा चोरको उपनाम मोदी हो भनेका थिए । ‘किन सबै चोरको उपनाम मोदी हुन्छ, चाहे त्यो ललित मोदी होस् वा नीरव मोदी होस् वा नरेन्द्र मोदी होस्,’ उनले भनेका थिए ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया