बिवाइडीका गाडी किन्न प्रभु बैंकले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने
काठमाडौं । विद्युतीय सवारीका सहज फाइनान्सिङका लागि नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालि र प्रभु बैंकबीच साझेदारी भएको छ । बिवाइडी ब्राण्डको गाडी खरिद गर्न सजिलै कर्जा प्रदान गर्ने उद्देश्यले साझेदारी गरेको कम्पनीले जनाएको छ ।
विवाइडी बिभिन्न मोडलहरुका बिद्युतीय सवारी साधनहरु उत्पादन गर्ने अग्रणी बिश्वव्यापी निर्माता हो । यसका बिद्युतीय सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन । नेपालमा बिद्युतीय सवारी साधनको बढ्दो मागसंगै यस साझेदारीले दिगो तथा गतिशिल समाधानहरु अपनाउन प्रवर्धन गर्न मद्दत गर्ने कम्पनीको दाबी छ ।
प्रभु बैंकका उपभोक्ता बैंकिङ्ग प्रमुख वीरेन्द्र भट्ट भन्छन ‘ प्रभु बैंकमा, हामी दिगो विकासलाई समर्थन गर्न प्रतिबद्घ छौं । विवाइडीसंगको हाम्रो साझेदारीले हामीलाई बिद्युतीय सवारी साधनमा स्विच गर्न चाहने ग्राहकहरुको आवश्यकता अनुरुप वित्तिय समाधानहरु प्रदान गर्न सक्षम बनाउनेछ ।’
यस सहकार्य पश्चात् प्रभु बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि विवाडी डिलरबाट सवारी साधन खरिद गर्दा प्रभु बैंक लिमिटेडबाट सजिलै ८० प्रतिशतसम्म सम्म कर्जा प्राप्त गर्न सक्नेछन् । सो कर्जा ५ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान गरिएको कम्पनीले जनाएको छ । प्रभु बैंकका देश भर ३६५ शाखा, ७१ एक्सटेन्सन काउन्टर र ३०९ एटीएम नेटवर्क छन ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया