NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

महिला र सीमान्तकृत वर्गका कानुन व्यवसायीलाई तालिमकोअवसर

काठमाडौं । नेपाल बार एशोसिएशनले महिला तथा सीमान्तकृत वर्गका नयाँ कानुन व्यवसायीहरूका लागि क्षमता विकासको तालिम प्रदान गर्ने भएको छ ।

न्यायमा सबै क्षेत्रका वर्गको पहुँच बढाउनका लागि तीन महिना उक्त तालिम सञ्चालन हुने सूचनामार्फत जनाइएको छ ।

एशोसिएशनले यूएनडिपीसँगको सहकार्यमा उक्त अवसर खुलाएको हो । जसमा महिला, दलित, आदिवासी, जनजाती, मधेशी, मुस्लिम, थारु, उत्पीडित वर्ग, अपांगता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यक, पिछडिएको क्षेत्र, आर्थिक रूपले विपन्न खस आर्य समुदायका कानुन व्यवसायीहरू सहभागी हुन सक्छन् ।

उनीहरूको व्यवसायिक तथा व्यवहारिक ज्ञान क्षमता विकास गरी त्यस्ता क्षेत्र तथा वर्गको पहुँचको अभिवृद्धिका लागि तीन महिनाको तालिम सञ्चालन हुने जनाइएको छ ।

इच्छुकले अबको २१ दिनभित्र दरखास्त पेश गर्न सक्नेछन् ।