NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

राहुल गान्धीको सांसद सदस्यता खारेज

एजेन्सी । कांग्रेस नेता राहुल गान्धीको सासंद सदस्यता शुक्रबार खारेज गरिएको छ ।

उनी केरलाको वायनाडबाट लोकसभाका सदस्य थिए। लोकसभा सचिवालयले एक पत्र जारी गर्दै उनकाे सदस्यता खारेज गरिएकाे जानकारी दिएको हो । उनलाई बिहीबार मानहानि मुद्दामा सुरत जिल्ला अदालतले दुई वर्षको जेल सजाय सुनाएको थियो ।

उनीविरूद्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरलाई लिएर गरेको टिप्प्णीबारे मानहानीको मुद्दा दायर भएको थियो । ‘सबै चोरहरूको थर मोदी किन हुन्छ ?,’ उनले भनेका थिए । गान्धीको यही अभिव्यक्तिलाई लिएर बिहीबार अदालतले उनलाई दोषी ठहर गरेको थियाे।