वसन्त कुँवर आइजीपी नियुक्त
काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक बसन्तबहादुर कुँवर प्रहरी महानिरीक्षक(आइजीपी) नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आइजीपी नियुक्त गरेको हो ।
महानिरीक्षकको दौडमा रहेका पाँच एआईजीमध्ये उनी पहिलो नम्बरमा थिए । कुवँरसँगै टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि आइजीपी बन्ने दौडमा थिए ।
यसपटक भने सरकारले वरीयता क्रम कायम राखेर आइजीपी नियुक्त गरेको छ । यसअघिका नियुक्ति वरीयता मिचेर गर्दा विवादित बन्ने गरेका थिए ।
कुँवर २०५९ चैतमा इन्स्पेक्टरबाट प्रहरी सेवामा आवद्ध भएका हुन् ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया