लुम्बिनी सरकारबाट माओवादी केन्द्र बाहिरियो
काठमाडौं । माओवादी केन्द्रले एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको हो ।
लुम्बिनी सरकारमा माओवादीबाट आर्थिक मामिला मन्त्रीमा जोखबहादुर महरा, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित चौधरी र आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णा केसीले मुख्यमन्त्री लीला गिरिसमक्ष राजीनामा बुझाएको माओवादी संसदीय दलका नेतासमेत रहेका महराले जानकारी दिए ।
माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरि अल्पमतमा परेका छन् । संविधान बमोजिम उनले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ । राष्ट्रपति निर्वाचनमा एमाले–माओवादी सत्ता समीकरण बदलिएपछि त्यसको असर लुम्बिनी सरकारमा पनि परेको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया