NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

विश्व बैंकले नेपाललाई झण्डै १६ अर्ब अनुदान दिने

काठमाडौं । विश्व बैंकले नेपाललाई झण्डै १६ अर्ब रुपैयाँ बराबरको अनुदान दिने भएको छ । विश्व बैंकले १२ करोड अमेरिकी डलर अनुदान दिने भएको हो ।

आइतबार विश्व बैंक कार्यकारी निर्देशक बोर्डले सो रकमबराबरको अनुदान दिने निर्णय गरेको हो ।

विश्व बैंकले प्रदान गर्न लागेको यो अनुदान विद्यालय क्षेत्र कार्यक्रममा आधारित रहेको  छ ।