NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

मार्जिन ट्रेडिङसम्बन्धी तालिम सम्पन्न

काठमाडाैं । सनी सेक्यूरिटिजले चितवनस्थित बालकुमारी कलेज र प्रेसिडेन्सी कलेजमा मार्जिन ट्रेडिङसम्बन्धी तालिम सफलताका साथ सञ्चालन गरेको छ । Global Money Week 2023 को ‘Plan your money, Plan your future’ भन्ने विषयवस्तुलाई सम्बोधन गर्ने गरी बालकुमारी कलेज  र बिहान प्रेसिडेन्सी कलेजमा सञ्चालन गरिएको तालिममा कुल एक सय ६ जनाको सहभागिता रहेको थियो।

उक्त तालिम कार्यक्रमहरूमा आधारभूत विश्लेषणका अनुपातहरू, मार्जिन ट्रेडिङ, म्युचुअल फण्ड तथा ऋणपत्र, शेयर बजारका जोखिम तथा जोखिम न्यूनीकरण लगायतका विषयहरूको चर्चा गरिएको थियो । कार्यक्रम विशेष गरी दोस्रो बजारमा लागिसकेका तथा शेयर बजारमा भविष्य खोज्ने युवाहरूका लागि धरै प्रभावकारी भएको कार्यक्रममा सहभागी एक लगानीकर्ताले जानकारी दिँदै आयोजक संस्थाप्रति आभार व्यक्त गरे ।

साथै साइन्टिफिक विजनेश हव प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले, युवाहरूमा आर्थिक र वित्तीय क्षेत्र सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई सानै देखि आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकाश गर्ने पुनीत मनसायले यस्ता तालिम कार्यक्रमहरू आयोजना गर्दै आएकोमा आयोजक संस्था सनी सेक्यूरिटिजप्रति आभार व्यक्त गरे ।

ताजा अपडेट

नेपालवाच विशेष