NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

राजनीति जनताप्रतिको सेवाभावले अभिप्रेरित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताको सेवाभावप्रति उच्चतम अठोट र प्रतिवद्धता हुनुपर्ने बताएका छन् ।

सोमवार काठमाडौंमा दिगंवत पूर्वमन्त्री नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति समाज र जनताको सानिध्यमा रहेर सेवा भावले ओतप्रोत हुनुपर्ने बताएका हुन् ।

‘राजनीति जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्वता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ,’ उनले भने ।

उनले लोकतन्त्रलाई जीवनपद्धतिका रूपमा आत्मसाथ गरेर यसको संस्थागत विकासमा पुर्‍याउ जोशीको योगदानको भावी पुस्ताले प्रेरणको रूपमा लिनुपर्ने भनाइ राखे ।