राजनीति जनताप्रतिको सेवाभावले अभिप्रेरित हुनुपर्छ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताको सेवाभावप्रति उच्चतम अठोट र प्रतिवद्धता हुनुपर्ने बताएका छन् ।
सोमवार काठमाडौंमा दिगंवत पूर्वमन्त्री नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति समाज र जनताको सानिध्यमा रहेर सेवा भावले ओतप्रोत हुनुपर्ने बताएका हुन् ।
‘राजनीति जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्वता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ,’ उनले भने ।
उनले लोकतन्त्रलाई जीवनपद्धतिका रूपमा आत्मसाथ गरेर यसको संस्थागत विकासमा पुर्याउ जोशीको योगदानको भावी पुस्ताले प्रेरणको रूपमा लिनुपर्ने भनाइ राखे ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया