प्रहरीको एआइजी बढुवामा को–को भए सिफारिस ?

काठमाडौं । नेपाल प्रहरीका चार जना नायव महानिरीक्षक(डीआइजी)लाई अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।
गृह मन्त्रालयको बढुवा समितिले सोमबार गरेको सिफारिस अनुसार एआइजीमा बढुवा हुनेमा सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ रहेका छन् ।
एक नम्बरमा बढुवा भएका सन्दिपले ६८.४६१२ अंक पाएका छन् । दोस्रो नम्बरमा सिफारिसमा परेका सुदिपले ६८.२११२ नम्बर पाएका छन् । त्यस्तै तेस्रो नम्बरमा सिफारिसमा परेकी मिराको ६७.८३०६ र ६७.६९७३ अंकसहित चौंथो नम्बरमा टेकबहादुर रहेका छन् ।
प्रतिक्रिया