कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित
काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारका लागि तय बैठक स्थगित भएको छ ।
सरकारमा सहभागिताबारे छलफल गर्न मंगलबार बिहान ९ बजे बैठक आह्वान गरिएकोमा चैत १६ गतेका लागि सारिएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले चैत १४ गते मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी मंगलबार तय बैठक स्थगित गरिएको जानकारी दिए ।
कांग्रेसले एक उपप्रधानसहित ८ मन्त्रालय लिएर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको छ । सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर उपसभापति पूर्णबहादुर खड्कालाई पठाउने सहमति जुटेको बताइए पनि आकांक्षी धेरे भएकाले मन्त्रीमा टुंगो लाग्न बाँकी छ ।
कांग्रेस स्रोतका अनुसार, १६ गते बस्ने बैठकबाट मन्त्री टुंग्याएर प्रधानमन्त्री प्रचण्डलाई बुझाउने तयारी छ ।
एमाले, राप्रपालगायत दलको समर्थनमा प्रधानमन्त्री नियुक्त प्रचण्डले राष्ट्रपति चुनावका लागि कांग्रेस, एकीकृत समाजवादी सम्मिलित पुरानै गठबन्धन ब्युँताएपछि सुरुमा समर्थन दिएका दल सरकारबाट बाहिरिएका छन् । यी दल बाहिरिएपछि प्रचण्डले गठबन्धनमा आबद्ध १० दललाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने अवस्था छ । सोमबार नै मन्त्रिपरिषद् विस्तार गरिने बताइए पनि गठबन्धन र दलभित्र भागबण्डा मिल्न बाँकी हुँदा थप विलम्ब हुने देखिएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया