NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

मिटरब्याजपीडितको मागबारे छलफल गर्न सरकारले बनायाे वार्ता टोली

काठमाडाैं । तराईका विभिन्न जिल्लाबाट न्यायका लागि राजधानी काठमाडौंमा आइपुगेका मिटरब्याजपीडितको मागबारे छलफलबारे गर्न सरकारले वार्ता टोली गठन गरेको छ ।

प्रधानमन्त्री दाहालले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जङ्गबहादुर डङ्गा रहेका छन् ।

मिटर ब्याज पीडितहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले टङ्गालमा रोकेको थियो । पीडितका प्रतिनिधिहरुले भने आफूहरुलाई प्रधानमन्त्रीसँग भेटाइदिन आग्रह गरेकाले प्रधानमन्त्री दाहालले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गरेको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोमबार तराईबाट न्यायको माग गर्दै काठमाडौंमा आइपुगेका मिटरब्याजी  पीडितहरू खुलामञ्चमा बस्न खोज्दा महानगरका बालेनले रोकेका थिए । बालेनले बालेनले खुलामञ्च निषेधित क्षेत्र नभएको र नहुने पनि प्रष्ट पारेका छन् । कानून अभावका कारण मिटरब्याजपीडित अन्यायमा परेको औंल्याउँदै उनले मन्त्रिपरिषद्मार्फत यसलाई टुंग्याएर पीडितलाई बेलुका नै घर फर्कंने वातावरण निर्माण गरिदिन संघीय सरकारसमक्ष आग्रह गरेका थिए ।