मिटरब्याजपीडितको मागबारे छलफल गर्न सरकारले बनायाे वार्ता टोली
काठमाडाैं । तराईका विभिन्न जिल्लाबाट न्यायका लागि राजधानी काठमाडौंमा आइपुगेका मिटरब्याजपीडितको मागबारे छलफलबारे गर्न सरकारले वार्ता टोली गठन गरेको छ ।
प्रधानमन्त्री दाहालले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जङ्गबहादुर डङ्गा रहेका छन् ।
मिटर ब्याज पीडितहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले टङ्गालमा रोकेको थियो । पीडितका प्रतिनिधिहरुले भने आफूहरुलाई प्रधानमन्त्रीसँग भेटाइदिन आग्रह गरेकाले प्रधानमन्त्री दाहालले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सोमबार तराईबाट न्यायको माग गर्दै काठमाडौंमा आइपुगेका मिटरब्याजी पीडितहरू खुलामञ्चमा बस्न खोज्दा महानगरका बालेनले रोकेका थिए । बालेनले बालेनले खुलामञ्च निषेधित क्षेत्र नभएको र नहुने पनि प्रष्ट पारेका छन् । कानून अभावका कारण मिटरब्याजपीडित अन्यायमा परेको औंल्याउँदै उनले मन्त्रिपरिषद्मार्फत यसलाई टुंग्याएर पीडितलाई बेलुका नै घर फर्कंने वातावरण निर्माण गरिदिन संघीय सरकारसमक्ष आग्रह गरेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया