प्रधानमन्त्रीविरूद्ध नाराबाजी गर्नेहरू धरौटी बुझाएर रिहा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्नेहरू धरौटी बुझाएर रिहा भएका छन् ।
गत १२ चैतमा प्रचण्डविरूद्ध नाराबाजी गर्ने तीनजनालाई जिल्ला प्रशासन काठमाडौंले अभद्र व्यवहार मुद्दामा पाँच हजार रूपैयाँ धरौटी तोकिएको थियो ।
केन्द्रीय कारागार पठाइएका सोलखुम्बुका २३ वर्षिय उद्धव बस्नेत, बागलुङका ३० वर्षिय सोम शर्मा र बझाङका १८ वर्षिय विप्लव खड्का आज पाँच हजार रूपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
गत मंगलबार उनीहरूले काठमाडौंको नयाँ बानेश्वरमा प्रधानमन्त्री दाहाल सहभागी कार्यक्रममा नाराबाजी गरेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया