एकीकृत समाजवादीमा गयो पहिरो, उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य जंगलीले पार्टी छाडे
काठमाडौं । एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश कमिटी सहइन्चार्ज चुडामणि जंगलीले पार्टी परित्याग गरेका छन् ।
उनीहरूले मंसिरमा भएको निर्वाचनपछि कम्युनिस्ट पार्टीलाई थप विभाजित गरी दक्षिणपन्थी अतिवादी शक्तिलाई शक्तिमा पुर्याउन नेतृत्व नै लागि परेको आरोप लगाउँदै पार्टी परित्याग गरेका हुन् ।
निर्वाचनपछि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच वार्ता, संवाद र एकता गरी राजनीति स्थायीत्व, सुशासन, आर्थिक समृद्धि र अर्थतन्त्र सुधारका लागि एकजुट हुनुपर्नेमा नेतृत्वले त्यसका लागि पहल नगरेको आरोप लगाएका छन् ।
एमाले र माओवादी केन्द्र नेतृत्वको सरकारलाई भत्काएर दलाल नोकरशाही, पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने कांग्रेसलाई सत्ता र शक्तिमा पुर्याएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । ९ भदाै, २०७८ मा एमाले विभाजन हुँदा उनीहरूले माधव नेपाललाई साथ दिएका थिए । राजीनामापछि उनीहरू एमाले प्रवेश गर्ने तयारी गरिरहेका छन् ।
नेकपा एसको मंगलबार बसेको सचिवालय बैठकले उनीहरूले दिएको राजीनामा स्वीकृत गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया