माओवादीका चर्चित नेता कुशवाहा किन जनमत पार्टी प्रवेश गरे ?
काठमाडौं । माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहाले पार्टी परित्याग गरेका छन् ।
बुधबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी माओवादी परित्याग गरी उनी जनमत पार्टी प्रवेश गरेका हुन् । उनलाई जपाका अध्यक्ष सीके राउतले पार्टी प्रवेश गराएका हुन् ।
गत मंसिर ४ गते भएको निर्वाचनमा कुशवाहा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार थिए। उनी जसपाका उम्मेदवार रामसहायप्रसाद यादवसँग ३५४ मतान्तरले पराजित भएका थिए ।
यादव १३ हजार ८२२ सहित निर्वाचित हुँदा उनले १३ हजार चार सय ६८ मत ल्याएका थिए। यदाव चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएकाले रित्त रहेको सो क्षेत्रमा निर्वाचन आयोगले बैशाक १० गते उपनिर्वाचन गराउँदैछ ।
कुशवाहालाई सोही क्षेत्रबाट उठाउनका लागि राउतले उनलाई पार्टी प्रवेश गराएका हुन् । गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने तयारी गरेका छन् । जपाको उम्मेदवारलाई सत्ता घटक लोसपा, नाउपाले साथ दिने भएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया