NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

बिहीबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गठबन्धन दलहरूको निर्णय

काठमाडौं । बिहीबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने सत्ता गठबन्धन दलहरूले निर्णय गरेका छन्।

बुधबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालय संख्यामा लगभग सहमति भएकाले भोलि बेलुकीसम्म मन्त्रिपरिषद विस्तार हुने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार बैठकले बिहीबार बिहानसम्म सरकारमा जाने दलहरूले प्रधानमन्त्रीलाई मन्त्रीको नाम पठाउने सहमति गरेको छ ।

मन्त्रालय भागबण्डामा कांग्रेसले ८, माओवादीले प्रधानमन्त्रीसहित ५, रास्वपाले तीन, जसपाले २, नेकपा एसले २ र अन्य साना दलहरूले एक/एक मन्त्रालय पाउने लगभग सहमति भएको छ ।