बिहीबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गठबन्धन दलहरूको निर्णय
काठमाडौं । बिहीबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने सत्ता गठबन्धन दलहरूले निर्णय गरेका छन्।
बुधबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालय संख्यामा लगभग सहमति भएकाले भोलि बेलुकीसम्म मन्त्रिपरिषद विस्तार हुने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
उनका अनुसार बैठकले बिहीबार बिहानसम्म सरकारमा जाने दलहरूले प्रधानमन्त्रीलाई मन्त्रीको नाम पठाउने सहमति गरेको छ ।
मन्त्रालय भागबण्डामा कांग्रेसले ८, माओवादीले प्रधानमन्त्रीसहित ५, रास्वपाले तीन, जसपाले २, नेकपा एसले २ र अन्य साना दलहरूले एक/एक मन्त्रालय पाउने लगभग सहमति भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया