NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

प्रधानमन्त्री चितवनबाट फर्किएपछि मन्त्रिपरिषद विस्तार हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट फर्किएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

मन्त्रालय भागबन्डा टुंग्याउन बिहीबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बेलुका मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको हो ।

बैठकमा दलहरूले पाउने मन्त्रालयको संख्याबारे टुंगो लागिसकेको भएपनि कुन दलले कुन मन्त्रालय पाउने भन्नेबारे सहमति नभएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री चितवनबाट फर्किएपछि दिउँसो गठबन्धन दलहरूको बैठक बस्ने सहमति भएको छ । त्यहि बैठकले मन्त्रालयको जिम्मेवारी सम्बन्धमा टुंगो लगाउने लेखकले बताए ।

मन्त्रालयमा भएको सहमतिअनुसार कांग्रेसले ८, माओवादी केन्द्रले ५, रास्वपाले ३, जसपा र नेकपा एसले २÷२, जपा, नाउपा र स्वतन्त्रबाट एक/एक मन्त्रालय पाउने सहमति भएको छ । सरकारलाई समर्थन गरेको दल राष्ट्रिय जनमोर्चा भने सरकारमा नजाने भएको छ ।

प्रधानमन्त्री प्रचण्ड भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्या र कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह भाग लिन चितवन गएका छन् ।

कांग्रेसले उपप्रधानमन्त्रीसहित रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत जाने लगभग निश्चित भएको छ ।