रास्वपा तत्काल सरकारमा सहभागी नहुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ ।
चैत ६ गते दोस्रोपटक प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको रास्वपाले उपनिर्वाचन अघि सरकारमा नजाने केन्द्रीय सदस्य दीपक बोहोराले जानकारी दिए ।
‘उपनिर्वाचनअघि हामी सरकारमा जादैनौं । निर्वाचनपछि सरकारमा जानेबारे निर्णय गर्नेछौं’, उनले भने ।
११ पुसमा तीन मन्त्री र एक राज्यमन्त्रीसहित प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सहभागी भएको थियो । तर नागरिकता प्रकरणमा सभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि ४२ दिनमै सरकारबाट बाहिरिएको थियो ।
चितवन–२ बाट पुनः उपनिर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका रविले निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकारमा जाने तयारी गरेका छन् । यसअघि गृहमन्त्रीसहित सरकारमा जान प्रधानमन्त्रीलाई निरन्तर दबाब दिएका थिए । स्वार्थ बाझिने मान्त्रालयमा रविलाई मन्त्री बनाउन प्रचण्डले नमाने पछि २३ माघमा रास्वपा सरकारबाट बाहिरिएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया