कृषि विकास बैंकमा तीन संचालक निर्विरोध निर्वाचित
काठमाडौं । कृषि विकास बैंक लिमिटेडमा तीन जना संचालक निर्विरोध निर्वाचित भएका छन् । बैंकको चेत १४ गते सम्पन्न १६ औँ साधारण सभाबाट तीन जना संचालक निर्विरोध निर्वाचित भएका हुन् ।
गोविन्द प्रसाद भट्टराई, संजीव पौडेल र विनोद कुमार गुरागाई संचालकमा निर्वाचित भएका हुन् । उनीहरूलाई बैंक तथा वित्तिय संस्थासम्बन्धी एन, २०७३ को दफा १४ र कृषि विकास बैंकको नियमावालीको नियम १२ बमोजिम चार वर्षको लागि बैंकको सञ्चालकमा नियुक्त गरेको बैंकले जनाएको छ ।
निर्वाचित दुई संचालक संजीव पौडेल र विनोद कुमार गुरागाईलाई बैंकको चैत १५ गते बसेको संचालक समितिको बैठकले आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरी पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
संचालक गोविन्द प्रसाद भट्टराइको दुर्घटनामा परी अस्पताल भर्ना भएकोले उपयुक्त समयमा पद तथा गोपनियताको शपथ ग्रहण गर्ने बैंकले जनाएको छ ।

ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया