बारा-२ मा रास्वपाको उम्मेदवार रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेललाई राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनाउने तयारी गरेको छ ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवार रहेका खरेललाई बारा–२ को उम्मेदवार बनाउने तयारी गरिएको हो ।
रास्वपाले बिहीबार उम्मेदवारको प्रारम्भिक नाम सार्वजनिक गरेको छ । जसमध्ये बारा २ को प्रारम्भिक उम्मेदवारको सूचीमा युवराज न्यौपानेसँगै खरेल को पनि नाम छ ।
रास्वपाको विधानमा प्रारम्भिक उम्मेदवारबीच प्रतिस्पर्धा गराएर सबैभन्दा बढी मत ल्याउनेलाई अघि बढाउने प्रावधान छ ।
खरेल नेपाल सुशासन पार्टीका अध्यक्षसमेत हुन् । उनी यो पार्टीबाट रास्वपामा संलग्न भएका हुन् वा समर्थनमा उम्मेदवार मात्र बन्न लागेका हुन् भन्ने खुलेको छैन ।
रास्वपाले चर्चित अर्थशास्त्री स्वर्णिम वाग्लेलाई पनि तनहुँ १ को उम्मेदवार बनाउने निर्णय लिएको छ । कांग्रेसमा आबद्ध वाग्लेले बिहीबार मात्र सो दलबाट अलग भएको घोषणा गरेका थिए ।
ताजा अपडेट
-
बिहानको खाजामा चिया बिस्कुट खाँदा के हुन्छ ?
-
ब्रेन ट्युमरसम्बन्धी केही भ्रम र यथार्थ
-
‘अर्थमन्त्रीका सल्लाहकारहरू आधारभूत विषयमा अनभिज्ञ रहेको पाउँदा अचम्म लाग्यो’
-
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
-
पाकिस्तानमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु
प्रतिक्रिया