भागबण्डामा सम्मानजनक नभए मन्त्रीको नाम नपठाउने शेखर समूहको चेतावनी
काठमाडौं । तीन मन्त्रालयको जिम्मेवारी मागेको नेपाली कांग्रेसका शेखर कोइराला समूहले सम्मानजनक कोटा नपाए आफ्नो तर्फबाट मन्त्रीको नाम नदिने अडान लिएका छन् ।
सत्ता साझेदार दलहरूबीच कांग्रेसले ८ वटा मन्त्रालय पाउने सहमति भएपछि सभापति शेरबादुर देउवाले शेखर समूहलाई २ मन्त्रालय दिने भनेका छन् । तर देउवाको प्रस्तावप्रति असहति जनाउँदै कोइरालाले कम्तिमा तीन मन्त्रालय आफूले पाउनुपर्ने अडान कायमै राखेका छन् ।
शुक्रबार बिहान बसेको शेखर समूहको बैठकले सम्मानजनक संख्या नपाए मन्त्रीको नाम नपठाउने निर्णय गरेको हो । यसबारे पार्टी सभापति र प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराइसकेको एक जना नेताले बताए । बिहीबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले दलहरूले मन्त्रीको नाम नपठाएपछि विस्तार कार्य स्थगित भएको हो । दलहरूबाट मन्त्रीहरूको नाम प्राप्त भए आजै मन्त्रिपरिषद विस्तार गरी शपथग्रहण गराउने तयारी प्रधानमन्त्रीको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया