बागमती प्रदेश सरकारमा कांग्रेसलाई पाँच मन्त्रालय, नेतृत्व बहादुर सिंहले गर्ने
काठमाडौं । नेपाली कांग्रेस बहादुर सिंह लामाको नेतृत्वमा बागमती प्रदेश सरकारमा सहभागी हुने भएको छ । लामो गलफतीबीच कांग्रेस सिंहको नेतृत्वमा बागमती प्रदेश सरकारमा सामेल हुने निचोडमा पुगेको हो ।
नेपाली कांग्रेस, बागमती प्रदेशका एक नेताले प्रदेशसभा संसदीय दलका नेता लामाको नेतृत्वमा आफ्नो पार्टी शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा सामेल हुन लागेको जानकारी दिए ।
११० सदस्यीय बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसको ३७ सांसद छन् । यसअघि सो पार्टीभित्र माओवादी नेतृत्वको सरकारमा सामेल हुने विषयलाई लिएर मतान्तर देखिएको थियो । लामा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने लबिङमा लागेका थिए भने उनीसँग संसदीय दलको नेतामा पराजित इन्द्रबहादुर बानियाँ यही सरकारको निरन्तरताको पक्षमा देखिएका थिए ।
स्रोतका अनुसार मुख्यमन्त्रीसहित ११ सदस्यीय बागमती प्रदेश सरकारमा कांग्रेसलाई ५, माओवादीलाई ४ र लौरोलाई १ मन्त्रालय दिइने भएको छ । माओवादीबाट यसअघि नै गंगानारायण श्रेष्ठ, कुमारी मोक्तान र युवराज दुलाल मन्त्री नियुक्त भइसकेका छन् । माओवादीको भागमा चार मन्त्री परेकाले अब सो पार्टीबाट एक जनाले अवसर पाउनेछन् ।
कांग्रेस र लौरोले मन्त्रीका नाम नाम उपलब्ध गराएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी जम्कट्टेलले गरेका छन् ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया