NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सीजीको नयाँ वर्षलक्षित ‘नयाँ वर्ष २०८० सीजीको, उमँग नयाँ पनको’ उपहार योजना

काठमाडौं । सीजीले नयाँ वर्ष २०८० लाई लक्षित गरेर ‘नयाँ वर्ष २०८० सीजीको, उमँग नयाँ पनको’ उपहार योजना ल्याएको छ । जसअन्तर्गत सीजी ब्रान्डका सामग्री खरिदमा २३ प्रतिशतसम्मको आकर्षक क्यासब्याकसँगै विभिन्न उपहार घर लैजान सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एन्ड्रोइड टिभी, स्मार्ट टिभी, एयर कन्डिसनर, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कुलर, भ्याकुमक्लिनर, अडियो सिस्टम चेस्ट फ्रिजर र सोकेस तथा माइक्रोवेभ ओभन खरिदमा क्यास ब्याक तथा केही उत्पादनमा पक्का उपहार पाउन सक्नेछन् ।

फ्लोर स्टानडिङ र क्यासेट एयर कन्डिसनरमा क्यासब्याकसँगै ५ हजार, स्पिलीट एयर कन्डिसनरमा क्यासब्याकसँगै ४ हजार रुपैयाँ बराबरको जडान निःशुल्क गरिएको कम्पनीले जनाएको छ ।

६५ र ७५  एन्ड्रोइड टिभी खरिदमा ७ हजार ५ सय ९० रुपैयाँको सीजी २.१ स्पिकर, सेमिअटोमेटिक तथा टप लोडिङ वासिङ मेसिनमा ९ सय २० रुपैयाँको २ केजीको एरियल म्याटिक, फ्रन्ट लोडिङ वासिङ मेसिनमा २ हजार ५ सय रुपैयाँको ६ केजीको एरियल म्याटिक, डबल डोर रेफ्रिजरेटरमा १ हजार २ सय ६० को स्टर्म सिरिज फ्राइ प्यान, होम फ्राइ माइक्रोवेभ ओभनमा २ हजार ८ सय को कुकिङ किट, स्टिम वास डिसवासर २ प्याकेट डिसवासर किट तथा मल्टीडोर र साइड बाइ साइड रेफ्रिजरेटरमा ७ हजार ९० रुपैयाँको सीजी मेरिडिया भ्याकुम उपहार राखिएको छ । कम्पनीका अनुसार यो योजना १३ चैतदेखि देशभर सिमित अवधिको लागु भइररहेको छ ।