प्रधानमन्त्री दाहालद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी प्रधानमन्त्री दाहालले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हन्। प्रधानमन्त्रीले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
स्वास्थ्यमा समस्या देखिएको भन्दै राष्ट्रपति पौडेल शनिबार अस्पतालमा भर्ना भएका हुन् ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया