NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बिजबजारको चैत्र महिनाको ‘२० मा बिज’ नयाँ वर्षलाई लक्षित, ग्राहकलाई ६५ प्रतिशतसम्म छुट

काठमाडाैं । बिजबजारले आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा BIZ’ नामक क्याम्पिएनअन्तर्गतको चैत्र १९ गते राती १२ बजेदेखि २२ गते सम्म लाइभ गर्ने भएको छ । यस महिनाको २० मा बिज नयाँ वर्षलाई लक्षित गरिएको कम्पनीले बताएको छ ।

भोलि (चैत्र२०) बिजबजारले अपराह्न ६ बजे देखि आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गर्ने छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न उपहारहरू जित्न सक्नेछन्।

सेवाग्राहीले विभिन्न सामानहरू खरिद गर्दा यस Campaign अन्तर्गतको  Fashion – नयाँ वर्ष, नयाँ STYLE योजनामा ६० प्रतिशत सम्म, Gadget – नयाँ वर्ष, नयाँ GADGET योजनामा ६५ प्रतिशत सम्म, Home Appliances – नयाँ वर्ष, नयाँ HOME APPLIANCE योजनामा ५० प्रतिशत सम्म र Home & Decor – नयाँ वर्ष, नयाँ HOME DECOR योजनामा ५० प्रतिशत सम्म छुटसहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।साथै सेवाग्राहीहरूले चैत्र २० गतेको प्रत्येक अडरमा नेपाल भरि डेलिभरी शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

२० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ  । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास पनि कम्पनीले लिएको छ।

सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारका अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै http://www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिने कम्पनीले जनाएको छ ।