सभामुखको अधिकार खोस्ने गरी ल्याएको संशोधन विधेयक सत्तारूढ सांसदहरूले फिर्ता लिए

काठमाडौं । सत्तारूढ दलका सांसदहरू सभामुखको तजबिजी अधिकार खोस्ने प्रस्तावबाट पछि हटेका छन् ।
यसअघि संसद बैठक सञ्चालन र स्थगतसम्बन्धी सभामुखको अधिकार कटौती गर्ने गरी सत्तारूढ दल कांग्रेस, माओवादी, रास्वपा, जसपा लगायतका सांसदहरूले प्रतिनिधिसभा नियमावली विधेयकमाथि संशोधन विधेयक दर्ता गराएका थिए ।
संशोधन प्रस्तावमा सभामुखको तजबिजी अधिकार कटौती गरी कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्ने प्रस्ताव गरेका थिए ।
अब कार्यव्यवस्था परामर्श समितिको बैठक नियमित राख्ने गरी आफ्नो संशोधन फिर्ता लिएको कांग्रेसका सांसद रामहरी खतिवडाले बताए ।
यसअघि खतिवडाले सभामुख पार्टी विशेषको नहोस् वा अमुक दलबाट प्रभावित नहुन् भन्नका लागि संशोधन विधेयक दर्ता गरेको दाबी गरेका थिए ।
ताजा अपडेट
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
-
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
प्रतिक्रिया