NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बारा–२ बाट जसपा अध्यक्ष यादवकाे उम्मेदवारी दर्ता

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले गठबन्धनका तर्फबाट बारा–२ मा उम्मेदवारी दर्ता गराएका छन् ।

समर्थकहरू सहित उनले कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालय रहेको मुख्य निर्वाचन अधिकृतको कार्यलयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ताअघि यादवले बाराको जनताले बोलाएपछि उनीहरूको सम्मानमा चुनावमा उठ्न आएको प्रतिक्रिया दिए । आफ्नो उम्मेदवारीले जनता उत्साहित भएकाले चुनाव जित्ने दाबी गरे । यादवलाई कांग्रेस, माओवादी, जसपासहितको दलहरूले समर्थन गरेको छ ।