बारा–२ बाट जसपा अध्यक्ष यादवकाे उम्मेदवारी दर्ता
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले गठबन्धनका तर्फबाट बारा–२ मा उम्मेदवारी दर्ता गराएका छन् ।
समर्थकहरू सहित उनले कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालय रहेको मुख्य निर्वाचन अधिकृतको कार्यलयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्ताअघि यादवले बाराको जनताले बोलाएपछि उनीहरूको सम्मानमा चुनावमा उठ्न आएको प्रतिक्रिया दिए । आफ्नो उम्मेदवारीले जनता उत्साहित भएकाले चुनाव जित्ने दाबी गरे । यादवलाई कांग्रेस, माओवादी, जसपासहितको दलहरूले समर्थन गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया