उपनिर्वाचनमा एकीकृत समाजवादीको समर्थन कसलाई ?
काठमाडौं । सत्ता साझेदार दल एकीकृत समाजवादीले वैशाखमा हुने तीन क्षेत्रको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय बानेश्वरमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले तनहुँ–१, चितवन–२ र बारा–२ गठबन्धनका उम्मेदवार कांग्रेस र जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।
तनहुँ–१ मा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गोविन्द भट्टराई, चितवन–२ मा कांग्रेसकै पूर्वसभापति जितनारायण श्रेष्ठ र बारा–२ जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धनमै रहेका रास्वपाले क्रमशः अर्थशास्त्री स्वर्णिम वाग्ले, सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका रमेश खरेलले उम्मेदवारी दिएका छन् ।
विपक्षी एमालेले तनहुँ–१ मा नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल, चितवन–२ मा अध्यक्ष रामप्रसाद न्यौपाने र बारा–२ मा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले उम्मेदवारी दिएका छन् ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया