NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

उपनिर्वाचनमा एकीकृत समाजवादीको समर्थन कसलाई ?

काठमाडौं । सत्ता साझेदार दल एकीकृत समाजवादीले वैशाखमा हुने तीन क्षेत्रको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय बानेश्वरमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले तनहुँ–१, चितवन–२ र बारा–२ गठबन्धनका उम्मेदवार कांग्रेस र जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

तनहुँ–१ मा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गोविन्द भट्टराई, चितवन–२ मा कांग्रेसकै पूर्वसभापति जितनारायण श्रेष्ठ र बारा–२ जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनमै रहेका रास्वपाले क्रमशः अर्थशास्त्री स्वर्णिम वाग्ले, सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका रमेश खरेलले उम्मेदवारी दिएका छन् ।

विपक्षी एमालेले तनहुँ–१ मा नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल, चितवन–२ मा अध्यक्ष रामप्रसाद न्यौपाने र बारा–२ मा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले उम्मेदवारी दिएका छन् ।