रवि लामिछानेविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरूपयोगसम्बन्धी मुद्दा चलाउनुनपर्ने भनी महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ ।
अधिवक्ता युवराज पौडेल ‘सफल’ ले राहदानी दुरूपयोगमा लामिछानेविरुद्ध मुद्दा चलाएर कारबाही हुनुपर्ने माग गर्दै दायर रिटमा आज सुनुवाइ हुने भएको हो ।
यसअघि नागरिकता प्रकरणमा लामिछानेविरुद्ध सर्वोच्चमा रिट दायर भएकोमा उनी नेपाली नागरिक नरहेको फैसला भएको थियो । उक्त फैसलासँगै लामिछानेको सांसद, उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापति पद गुमेको थियो ।
नागरिकता प्रकरणमा अदालतबाट कारबाहीपछि अमेरिकी नागरिक रहेकै बेला लामिछानेले नेपाली राहदानी लिएर दुरूपयोग गरेको दाबी गर्दै उजुरी परेको थियो ।यसमाथि अनुसन्धान गरेको नेपाल प्रहरीले राहदानी दुरूपयोग गरेको नभेटिएकाले मुद्दा चलाउनु नपर्ने ठहर गरेपछि जिल्ला सरकारी वकिलको कार्यालय, उच्च सरकारी वकिलको कार्यालयले सोहीअनुरूप प्रतिवेदन तयार गरी महान्यायाधिवक्ताको कार्यालयमा पेश गरेका थिए । महान्यायाधिवक्ताको कार्यालयले त्यसैलाई आधार बनाएर मुद्दा दायर नगर्ने कदम उठाएको थियो ।
चितवन–२ मा आगामी वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवारी दिएका लामिछानेविरुद्ध राहदानी दुरूपयोगसम्बन्धमा मुद्दा अघि बढाउनुपर्ने मागसहित रिट दायरपछि यसलाई चासोका साथ हेरिएको छ ।
अदालतले महान्यायाधिवक्ताको कार्यालयको निर्णय बदर गरेको खण्डमा लामिछानेविरुद्ध राहदानी दुरूपयोगसम्बन्धमा पुनः मुद्दा अघि बढ्नेछ भने सदर गरेमा यो मामला अन्त्य हुनेछ ।
राहदानी दुरूपयोग कसूरमा दोषी प्रमाणित भए रविको भविष्य के हुन्छ ?
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया