‘साने’ नयाँ वर्षबाट योहो टेलिभिजनमा
काठमाडाैं । साने प्रडक्सन प्रालिद्धारा उत्पादन तथा प्रसारण भइरहेको ‘साने’ टेलिफिल्म योहो टेलिभिजन एचडीमा प्रसारण हुने भएको छ । योहो टेलिभिजन र साने प्रडक्सन बीच सम्झौता भए अनुसार नयाँ वर्ष २०८० वैशाख पहिलो हप्ताबाट ‘साने’ टेलिफिल्म योहो टेलिभिजन एचडीमा प्रसारण हुने भएको हो ।
हालसम्म युट्युवमा प्रसारण भइरहेको उक्त टेलिफिल्म अबदेखि टेलिभिजनमा प्रसारण गरिन लागेको हो । साने प्रडक्सन प्रालिका अध्यक्ष एवं उक्त टेलिफिल्मका मुख्य कलाकार सुरज घिमिरे (साने) का अनुसार युट्युवमा अत्याधिक दर्शकहरुले सुभेच्छा प्रकट गर्दै टेलिभिजन प्रसारणका लागि माग गरेपछि आफूहरु थप उत्साहित भएको बताए । उनले भने, ‘सानेलाई अब योहो टेलिभिजनमा हेर्न पाइनेछ । दुवै पक्षको समझ्दारी अनुसार अब बैशाख ५ गते बाट हरेक मंगलबार साँझ ६ः३० बजे देखि ७ बजेसम्म टेलिभिजनमा प्रसारण हुनेछ । हामीले साने लाई नयाँ उचाईमा पुर्याएका छौँ ।’
एक वर्षका लागि प्रसारण हुने उक्त टेलिसिरियलबारे योहो टेलिभिजन र साने प्रडक्सन बीच सम्झौता भएको हो । टेलिभिजनबाट बजार व्यवस्थापन महाशाखाका प्रमुख अन्जन श्रेष्ठ र साने प्रडक्सनका प्रमुख सरोज घिमिरे ‘साने’ ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रेम, गाउँले जीवन र दैनिकीमा आधारित टेलिसिरियलमा सुरज घिमिरे (साने), विपना पन्थ लगायत नव उदयीमान कलाकारहरुको सशक्त भूमिका देख्न सकिन्छ । उक्त टेलिफिल्मले आधुनिक समाजको वास्तविकतालाई काल्पनिक कथावस्तु बनाई प्रसारण गर्ने गरेको छ । यस टेलिफिल्मलाई युट्युवमा हरेक अंकमा लाखौँ भ्युज पाउने गरेको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया