NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

रविको राहदानीसम्बन्धी मुद्दा न्यायाधीश सिन्हाको बेन्चमा

काठमाडौं । राहदानी विवादसम्बन्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधीवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको प्ररम्भिक सुनुवाइ न्यायाधीश अनिलकुमार सिन्हाको बेन्चमा हुने भएको छ ।

युवराज पौडेल (सफल) ले दिएको रिटमा न्यायाधीश सिन्हाको एकल इजलासमा सुनुवाइ हुन सर्वोच्च प्रशासनले जनाएको छ ।

राहदानी दुरूपयोग गरेको अभियोगमा लामिछानेमाथि मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै पौडेल आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर हुनुपर्ने मगदाबीसहित अनुसन्धान प्रक्रिया अगाडि बढाउन परमादेश जारी गर्न पौडेलले माग गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष