मधेश प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले दिए सामुहिक राजीनामा
काठमाडौं । मधेश सरकारमा रहेका एमालेका मन्त्रीहरुले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामुहिक राजीनामा दिएका छन् ।
एमालेबाट सरकारमा सहभागी भएका चारमन्त्रीसहित एक राज्यमन्त्रीले मंगलबार मुख्यमन्त्री यादवसमक्ष राजीनामा पत्र बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री रहेका सरोजकुमार यादवले जाकारी दिए ।
यादवका अनुसार उनीसहित महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव रायले राजीनमा दिएका हुन् ।
२७ पुसमा एमालेको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संघमा सत्ता समीकरण बदलिएपछि मुख्यमन्त्री यादवले कांग्रेसलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया