सुरक्षा कारबाहीमा ६ जना आईएस लडाकु मारिए
अफगानिस्तान । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा अफगान सेनाले इस्लामिक स्टेट (आईएस) विरुद्ध सञ्चालन गरेको कारबाहीमा छ जना लडाकु मारिएका छन् ।
बाल्ख प्रान्तमा इस्लामिक स्टेटका लडाकु लुकेको एउटा ठाउँमा छापा मारेर सेनाले कारबाही गर्दा ती विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीले बताएका छन् । अफगान सुरक्षा बलले सोमबार राति नहर–ए–शही जिल्लामा आईएसविरुद्ध कारबाही गरेको थियो ।
गत वर्ष अफगानिस्तानमा भएका केही घातक बम विष्फोटको जिम्मेवारी लिएको आईएसले उसका लडाकाविरुद्ध गरिएको सैन्य कारबाहीाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
अफगान कार्यवाहक प्रशासनले सशस्त्र विपक्षीहरूलाई ठेगान लगाउने प्रतिबद्धता व्यक्त गर्दै आईएस सङ्गठनलाई सुरक्षा खतराको रूपमा अस्वीकार गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया