उपनिर्वाचनमा सत्ता गठबन्धन विभाजित, कुन दलको मत कसलाई ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन एकजुट भएका सत्ता गठबन्धन उपनिर्वाचनमा विभाजित भएका छन् ।
वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–३ हुन लागेको निर्वाचनमा गठबन्धन विभाजित भएका हुन् । मंगलरबार सत्ता साझेदार दल कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी र लोसपाले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आह्वान गरेका छन् । तर प्रधानमन्त्रीलाई विश्वासको मत दिएका १० दलमध्ये रास्वपा, जपा र नाउपाले आफ्ना छुट्टै उम्मेदवार उठाएका छन् । निर्वाचनमा सहभागी नभएका बाबुराम भट्टराई नेतृत्वको नेसपा, राजमो र प्रभु साह नेतृत्वको आम जनता पार्टीले विज्ञप्तिमा हस्ताक्षर नै गरेको छैन ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन संयुक्त अपिल गरेका हुन्।
कांग्रेसले तनहुँमा गोविन्द भट्टराई र चितवनमा जितनारायण श्रेष्ठलाई उम्मेदवार उठाएको छ। जसपाका अध्यक्ष यादवले बारामा उम्मेदवारी दिएका छन्। यादवविरूद्ध जपाले छुट्टै उम्मेदवार उठाएको छ । रास्वपाले तनहुँ–१ मा अर्थशास्त्री स्वर्णिम वाग्ले, चितवन–१ मा सभापति रवि लामिछाने र बारा–२ प्रहरीका पूर्वडिआजी रमेश खरेललाई उठाएको छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया