NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

‘ससुराल सिमर का २’ बन्द हुने

एजेन्सी । हिन्दी टिभि सिरियल ससुराल सिमर का २’ बन्द हुने भएको छ । २०२१ बाट सुरु भएको शोले राम्रो टिआरपी ल्याउन नसकेको कारण बन्द हुने भएको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।

शोको अहिलेसम्म ६१९ एपिसोड प्रशारण भइसकेको छ । सुरुवाति चरणमा शोले निकै चर्चा पाएपनि यसले पहिलो सिजनको जस्तो माया भने पाउन सकेन । टीआरपी घट्दै गएको कारण निर्माण पक्षले सिरियल अफ एयर गर्ने निर्णय गरेका हुन् ।

‘ससुराल सिमर का २’ मा अविनाश मुखर्जी, राधिका मुथुकुमार, तान्या शर्मा र करण शर्मा मुख्य भूमिकामा छन् । शोको पहिलो सिजन भने अत्यधिक रुचाइएको थियो । उक्त सिजनमा कलाकार दीपिका ककर मुख्य भूमिकामा थिइन ।