‘ससुराल सिमर का २’ बन्द हुने
एजेन्सी । हिन्दी टिभि सिरियल ससुराल सिमर का २’ बन्द हुने भएको छ । २०२१ बाट सुरु भएको शोले राम्रो टिआरपी ल्याउन नसकेको कारण बन्द हुने भएको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।
शोको अहिलेसम्म ६१९ एपिसोड प्रशारण भइसकेको छ । सुरुवाति चरणमा शोले निकै चर्चा पाएपनि यसले पहिलो सिजनको जस्तो माया भने पाउन सकेन । टीआरपी घट्दै गएको कारण निर्माण पक्षले सिरियल अफ एयर गर्ने निर्णय गरेका हुन् ।
‘ससुराल सिमर का २’ मा अविनाश मुखर्जी, राधिका मुथुकुमार, तान्या शर्मा र करण शर्मा मुख्य भूमिकामा छन् । शोको पहिलो सिजन भने अत्यधिक रुचाइएको थियो । उक्त सिजनमा कलाकार दीपिका ककर मुख्य भूमिकामा थिइन ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया