NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

आज कति जनामा देखियो कोरोना संक्रमण ?

काठमाडौं । बुधबार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ हजार ७६८ जनामा नमुना परीक्षण गर्दा पिसिआरबाट ७१ र एन्टिजेन विधिबाट २७ जना संक्रमित थपिएका हुन् । त्यस्तै, गएको २४ घण्टामा २८ जना निको भएका छन् भने ३२२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको जारी बुलेटिनमा छ ।

पछिल्लो केही समयदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएको हुँदा स्वास्थ्य मन्त्रालयले सुरक्षित रहन आग्रह गर्दै आएको छ । मन्त्रालयले भौति दुरी कायम गर्न, मास्क लगाउन तथा हातको सरसफाइ गर्न भनेको छ ।

छिमेकी मुलुकमा तिव्र गतिमा फैलिएको कोरोनाको नयाँ भेरियन्छ ओमिक्रोन एक्सविवि १.१६ नेपालमा पनि देखिएको छ ।

नेपालमा देखिएको कोरोनाको नयाँ भेरियन्टमा कस्ता लक्षण देखापर्छन् ?