चुनावमा व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा बहस गर्न ओलीको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले वैशाख १० गते हुने उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन आग्रह गरेका छन् ।
उपनिर्वाचनमा भाग लिने धेरैजसो उम्मेदवारहरूमा नयाँ र युव अनुहार देखिएको उनले खुशी व्यक्त गरेका छन् ।
‘उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु’, बिहीबार उनले फेसबुकमा लेखेका छन्, ‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन। अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ।’
उनले चुनावी प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवारलाई शुभकामना दिएका छन् ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
प्रतिक्रिया