अफगानिस्तानमा घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु
मेहतार्लाम । अफगानिस्तानको पूर्वी लघमान प्रान्तको अलिसिङ जिल्लाको ग्रामीण भेगमा अवस्थित एउटा घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु भएको छ ।
प्राकृतिक प्रकोप व्यवस्थापन तथा मानवीय मामिलासम्बन्धी प्रान्तीय निर्देशक खैर मोहम्मद गाजीका अनुसार आज अपराह्न माटोको घरको छानो खस्दा एकै परिवारका सात जनाको ज्यान गएको हो । दुर्घटनामा बाबुआमासहित पाँच जना बालबालिकाको मृत्यु भएको छ ।
छतले किचेर एक आठ वर्षीया बालिका मात्र बाँच्न सफल भएकी तर उनको अवस्था पनि गम्भीर रहेको निर्देशक गाजीले बताएका छन् । घाइते ती बालिकाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
वर्षौँको युद्धले तहसनहस भएको अफगानिस्तानका ग्रामीण क्षेत्रका घरहरू प्रायः माटोले बनेका छन् । भूकम्प, वर्षा र आँधीबेहरीलगायत प्राकृतिक प्रकोप झेल्न नसक्ने त्यस्ता घरमा बस्नेहरूको जीवन सधैँ जोखिमपूर्ण हुने गरेको छ । यसैबीच, अफगानिस्तानको राष्ट्रिय सुरक्षा बलले पूर्वी पक्तिमा प्रान्तमा लुकाएर राखिएका धेरै घातक हातहतियार फेला फेला पारेको छ ।
देशको गुप्तचर निकायले तीन थान एन्टिएयरक्राफ्ट गन, ११ थान एके ४७ राइफल, सात थान आरपिजी र हजारौँ गोली फेला पारिएको बताएको छ । हालै सोही सुरक्षा बलले गस्तीका क्रममा पूर्वी नान्गाहार प्रान्तको कामा र गोश्ला जिल्लाबाट एके ४७ राइफलसहित विभिन्न किसिमका सानाठूला गरी एक सय ९७ थान हतियार बरामद गरेको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया