साच्चिकै देश सफा गर्न सिंहदरबारका नेतालाई सिस्डोलमा डम्प गर्नुपर्छ : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले सिंहदरबारभित्रको फोहोर नउठाउने घोषणा गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै बालेनले यस्तो घोषणा गरेका हुन् ।
‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन,’ उनले लेखेका छन् ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र पर्ने सिंहदरबारबाट निस्किने फोहोर लामो समयदेखि काठमाडौं महानगरपालिकाले व्यवस्थापन गर्दै आइरहेको छ ।
काठमाडौं महानगरपालिकाले शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउने प्रयास गर्दा संघीय सरकारले असहयोग गरेको थियो । मेयर शाहको अभिव्यक्तिलाई त्यसकै असन्तुष्टिका रूपमा हेरिएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर शाहले संघीय सरकारबाट अपेक्षित सहयोग प्राप्त नभएको गुनासो गर्दै आइरहेका छन् । महानगरपालिकाका मेयर शाहको पछिल्लो घोषणाले दुई सरकारबीच पुनः द्वन्द्व बढ्ने संकेत गरेको छ ।
बालेनले देश सफा गर्न सिंहदरबारका नेतालाई सिस्डोलमा डम्प गर्नुपर्ने अराजक अभिव्यक्ति पनि दिएका छन् ।
‘साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ,’ उनले लेखेका छन् ।
जनप्रतिनिधिको आफ्नै सीमा र दायरा हुने भए पनि बालेन नेताहरूमाथि टिप्पणी गरिरहने मेयरमा पर्छन् । तर उनले यसरी आक्रोसपूर्ण अभिव्यक्ति दिएको भने सम्भवतः पहिलो हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया