NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

साच्चिकै देश सफा गर्न सिंहदरबारका नेतालाई सिस्डोलमा डम्प गर्नुपर्छ : बालेन

संघीय सरकारसँग बालेन रुष्ट, सिंहदरबारको फोहोर नउठाउने घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले सिंहदरबारभित्रको फोहोर नउठाउने घोषणा गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै बालेनले यस्तो घोषणा गरेका हुन् ।

‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन,’ उनले लेखेका छन् ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र पर्ने सिंहदरबारबाट निस्किने फोहोर लामो समयदेखि काठमाडौं महानगरपालिकाले व्यवस्थापन गर्दै आइरहेको छ ।

काठमाडौं महानगरपालिकाले शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउने प्रयास गर्दा संघीय सरकारले असहयोग गरेको थियो । मेयर शाहको अभिव्यक्तिलाई त्यसकै असन्तुष्टिका रूपमा हेरिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर शाहले संघीय सरकारबाट अपेक्षित सहयोग प्राप्त नभएको गुनासो गर्दै आइरहेका छन् । महानगरपालिकाका मेयर शाहको पछिल्लो घोषणाले दुई सरकारबीच पुनः द्वन्द्व बढ्ने संकेत गरेको छ ।

बालेनले देश सफा गर्न सिंहदरबारका नेतालाई सिस्डोलमा डम्प गर्नुपर्ने अराजक अभिव्यक्ति पनि दिएका छन् ।

‘साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ,’ उनले लेखेका छन् ।

जनप्रतिनिधिको आफ्नै सीमा र दायरा हुने भए पनि बालेन नेताहरूमाथि टिप्पणी गरिरहने मेयरमा पर्छन् । तर उनले यसरी आक्रोसपूर्ण अभिव्यक्ति दिएको भने सम्भवतः पहिलो हो ।