उत्तर अफगानिस्तानका ४७ परिवारलाई चीनबाट सहयोग प्राप्त
शिबरघान । अफगान अधिकारीहरूले शनिबार उत्तरी जाज्जान प्रान्तमा अत्यावश्यक मानवीय सहयोगको खाँचोमा परेका परिवारलाई चीनले मानवीय सहायता प्राप्त गरेको बताएका छन् ।
प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका प्रान्तीय निर्देशक मल्लवी सिराजुद्दीन सिराजीले आइतबार यसबारे जानकारी दिएका छन् ।
शनिबार दिउँसो प्रान्तीय राजधानी शिबरघान शहरमा चामल, पाल र न्यानो लुगा लगायतका सहायता प्याकेजहरू वितरण गरिएको छ ।
यसैगरी चीनले गत महिना मध्य बाम्यान र पश्चिमी निमरोज प्रान्तका ८०० भन्दा बढी विपन्न परिवारलाई चामल र गहुँ लगायतका खाद्यान्न उपलब्ध गराएको थियो ।
चीनले गत वर्ष द्वन्द्वग्रस्त तथा विपन्न मुलुकका गरिब, भूकम्पपीडित र बाढीपीडित परिवारलाई कोभिड–१९ विरुद्धको खोप, जाडो लुगा, टेन्ट र खाद्यान्न उपलब्ध गराएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया