NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

रियलमी सी ५५ नेपाली बजारमा आउँदै, के के छन् विशेषता ?

काठमाडौं । रियलमीले सि सिरिजको लेटेस्ट् मोडल सि–५५ चाँडै नै नेपाली बजारमा उपलब्ध गराउने भएको छ । ६४ एमपिको क्यामरा र ३३ वाटको फास्ट चार्जिङसहितको यस सि ५५ ले यो सेग्मेन्ट र यो मुल्यको बजारमा एन्ट्री लेभल च्याम्पियनको रुपमा नयाँँ बेन्च मार्क खडा गर्ने विश्वास कम्पनीले लिएको छ ।

त्यस्तै स्लिक डिजाइन र पावरफुल पर्फर्मेन्स जस्ता कटिङ एज फिचरयुक्त यस सि ५५ स्टाइल र फंक्सनालिटी दुवै खोज्ने युवा उपभोक्ताहरुको पहिलो रोजाइमा पर्ने पनि कम्पनीले दावी गरेको छ ।

यसमा भएको सबैभन्दा मुख्य फिचर हो यसमा भएको क्यामरा जुन ६४ एमपिको छ । जुन यो भन्दा अगाडिको कुनै पनि ब्रान्डको एन्ट्री लेभल सेग्मेन्टमा थिएन । त्यसैले क्यामराको ममलामा त यसको प्रतिस्पर्धी छैन नै भने पनि हुन्छ । त्यस्तै जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले गर्दा यो युवा उपभोक्ताहरुको पहिलो रोजाइमा पर्न सफल हुने आशा कम्पनीले गरेको छ ।

त्यस्तै अर्को मुख्य फिचर भनेको यसको ९० हर्जको फुल एच्डि प्लस डिस्प्ले हो जुन बजारमा उपलब्ध यो मुल्यका फोनहरुमा पाइने सबैभन्दा ठुलो डिस्प्ले हो । १२ एनएमको मेडियाटेक हेलियो जि ८८ चिपसेट, २७३,३६४ एन्टुटु बेन्चमार्क स्कोर र एन्ड्रोइड फोनहरुमै सबैभन्दा पहिलो मिनी क्याप्सुल रहेकोले यो सि ५५ आफ्नो प्रतिस्पर्धी मोडलहरु भन्दा धेरै अगाडि छ । यति धेरै फिचरहरु भएर पनि यसको मोटाइ रहेको छ जम्मा ७.८९ एमएम जुन यो मुल्यमा उपलब्ध अरु फोनहरु मध्य सबैभन्दा स्लिम हो । चार्ज नोटिफिकेसन, डेटा युजेज नोटिफिकेसन र स्टेप नोटिफिकेसन गरी ३ वटा फंक्सनल सिनरियोहरु भएको यसको मिनी क्याप्सुलले प्रयोग कर्ताहरुलाई फ्ल्यागशिप लेभलकै फोन चलाएको महसुस हुन्छ ।

स्टोरेजको कुरा गर्नुपर्दा यसमा ८ जिबिको (याम र १६ जिबिको डाइनामिक -याम रहेको छ जसले गर्दा ब्याकग्राउन्डमा २० वटा सम्म एपहरु बिना कुनै ल्याग चलाउन सकिन्छ । त्यस्तै सि सिरिजको यो पहिलो मोडल हो जुनमा युआइ ४.० राखिएको छ । यति धेरै आकर्षक फिचरहरु भएको यो फोन सन शावर र रेनी नाइट गरी दुईवटा आकर्षक रंगहरुमा उपलब्ध छ ।