NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

२२ अर्बको ट्रेजरी बिल्स जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब  करोड रूपैयाँ बराबरको  ट्रेजरी बिल्स जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अभावलाई न्यूनिकरण गर्न राष्ट्र बैंकले २२ अर्ब ४६ करोड रुपैयाँ बजारमा प्रवाह गर्न लागेको हो ।

बैंकले २८ दिन, ९१, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेक हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।

राष्ट्र बैंकले २८ दिनको लागि ३ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । जुन  २०८० साल वैशाख २६ गते परिपक्क हुने छ । ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असार २६ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ६ अर्ब ४६ करोड जारी गर्न लागेको छ । जुन २०८० साल असोज २३ गते परिपक्क हुनेछ । ३६४ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०८० चैत्र २७ गते परिपक्व हुनेछ ।