भूगोल इनर्जीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले चैत २३ देखि आइपिओ निष्काशन गरेको हो । कम्पनीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गर्न गरेको हो । यसमा १० प्रतिशत अर्थात् १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।
यस्तै, ५ प्रतिशत अर्थात् ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । आइपीओको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया