NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

रकम लेनदेन प्रकरणमा रास्वपाले माग्यो माफी 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ र दुर्गा प्रसाईबीच भएको २ करोडको अडियो प्रकरणबारे माफी मागेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले संसदमा माफी मागेका हुन् ।

‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत तपाईहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं’ उनले भने, ‘संसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण रहनेछौं । यो घटनाले विचलित हुने छैनौं । राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनुपर्छ ।’

उक्त अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गरी ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएकोसमेत प्रमुख सचेतक परियारले संसदमा जानकारी दिए । उनले यस्तो घटना पहिलो पटक नभएको भन्दै विगतका घटनाहरुको पनि सत्यतथ्य छानविन भए लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता अझ प्रतिवद्ध हुने धारण राखे ।