हाँस्दै चित्रबहादुर केसी भन्छन् – सांसदले घुस खानु नौलो होईन

काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले रास्वपाका सांसदले २ करोड घुस मागेको विषय सामान्य भएको प्रतिक्रिया दिएका छन् ।
सांसद ढाकाकुमार श्रेष्ठ र व्यवसायी दुर्गा प्रसाईबीचको संवाद सार्वजनिक भएर यसमाथि बहस भइरहेको बेला सांसद केसीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले संसदीय प्रणालीमा यस्ता फोहोरी खेल हुनु नौलो विषय नभएको बताए । ‘सांसदहरुले कस्ता कस्ता काण्ड गरेका हुन्छन् । यो मलाई नौलो लागेन । के नौलो भयो र ?,’ उनले हाँस्दै भने ।
आफू यही थलोमा बसेर सबै कुरा देखेपनि यस्तो फोहोरी खेलमा भने नमिसिएको उनको दाबी छ । ‘धेरै सांसदको यस्तो घटना छन् । अरुको बाहिर आएन, उसको आयो, फरक यत्ति हो,’ सांसद केसीले नेपालवाचसँग भने ।
ताजा अपडेट
-
फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे लागुऔषध हत्या प्रकरणमा आइसिसीको वारेन्टमा पक्राउ
-
देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : ओली
-
राजावादीलाई प्रचण्डले भने- लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्
-
प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेश पराजित
-
प्रतिनिधि सभा बैठक : कसले के कुरा उठाए ?
प्रतिक्रिया