हाँस्दै चित्रबहादुर केसी भन्छन् – सांसदले घुस खानु नौलो होईन
काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले रास्वपाका सांसदले २ करोड घुस मागेको विषय सामान्य भएको प्रतिक्रिया दिएका छन् ।
सांसद ढाकाकुमार श्रेष्ठ र व्यवसायी दुर्गा प्रसाईबीचको संवाद सार्वजनिक भएर यसमाथि बहस भइरहेको बेला सांसद केसीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले संसदीय प्रणालीमा यस्ता फोहोरी खेल हुनु नौलो विषय नभएको बताए । ‘सांसदहरुले कस्ता कस्ता काण्ड गरेका हुन्छन् । यो मलाई नौलो लागेन । के नौलो भयो र ?,’ उनले हाँस्दै भने ।
आफू यही थलोमा बसेर सबै कुरा देखेपनि यस्तो फोहोरी खेलमा भने नमिसिएको उनको दाबी छ । ‘धेरै सांसदको यस्तो घटना छन् । अरुको बाहिर आएन, उसको आयो, फरक यत्ति हो,’ सांसद केसीले नेपालवाचसँग भने ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया