सभामुख घिमिरेले किन बाेलाए शीर्ष तीन दलको बैठक ? यस्तो छ एजेण्डा
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न तीन ठूला दलको बैठक बसेको छ ।
सभामुखको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सभामुखसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओली सहभागी भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।
उक्त बैठकमा तीन दलका प्रमुख सचेतकसमेत सहभागी छन् । कांग्रेसका प्रमुख सचेतक ईश्वरी न्यौपाने, एमालेका प्रमुख सचेतक पदम गिरी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन् ।
यसैगरी महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा उपस्थित रहेका छन् । सचिवालयका अनुसार बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको विधेयकबारे सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटाउने प्रयास हुनेछ ।
सरकारले संक्रमणकालीन विधेयकलाई द्रुत गतिमा सदनबाटै पारित गर्न चाहेको छ । तर एमालेले संसदीय समितिबाट लैजानुपर्ने अडान राख्दै आएको छ ।
विधेयक पारित गर्ने सम्बन्धमा सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नो अडानमा रहेपछि दुवै पक्षलाई मान्यहुने गरी विशेष समिति गठन गर्ने तयारी भएको छ ।
यसअघि सभामुख घिमिरेको पहलमा शनिबार सिंहदरबारमा ओली र देउवाबीच छलफल भएको थियो ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया