‘टिआरसी’ लगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन प्रमुख तीन दल सहमत
काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप (टिआरसी) लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने शीर्ष तीन दलबीच सहमति भएको छ ।
मंगलबार सभामुख देवराज घिमिरेको पहलमा बसेको बैठकमा कांग्रेस, एमाले र माओवादीबीच उक्त सहमति भएको हो । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत तीन दलका प्रमुख सचेतकहरू सहभागी थिए ।
संक्रमणकालीन न्यायलाई छिट्टो टुंग्याउन शीर्ष नेताबीच सहमित भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
‘टिआरसीलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ। विषय र प्रक्रियाबारे छलफल गर्न अर्को बैठक वैशाख १ गते सिंहदरबारमा फेरी बस्नेछ’, उनले भने ।
त्यस्तै विषयगत समिति र अन्य समितिको नेतृत्वको विषय पनि सहमतिमा टुंगो लगाउन नेताहरू सहमत भएको पाण्डेले बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया