NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

अर्थमन्त्री महतले भने-ब्याजदरको समस्या सम्बोधन हुन्छ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदरको समस्या सम्बोधन हुने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभामा सम्बोधनमा उनले सरकार सकरात्मक मनोबल बढ्ने गरी अघि बढेकाे बताए । उनले साधरण खर्चमा धेरै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षासँग जोडिए पनि घटाउनु पर्ने क्षेत्रमा खर्च घटाउने प्रतिवद्धता व्यक्त गर्दै  अनावश्यक साधरण खर्च निर्ममताका साथ घटाउने बताए ।

महतले अर्थतन्त्रका सूचकहरु नकारात्मक मात्र नभएको जिकिर गर्दै ४ प्रतिशत माथिको आर्थिक वृद्धि अहिलेको परिस्थितिमा सन्तोषजनक भएको बताए ।